पालुङ जेसीज बर्ष २०२३ को पहिलो कार्यक्रम सम्पन्न

तामसालिङ खबर
१६ माघ २०७९, सोमबार १८:३३

माघ हेटौडा (थाहा नगर) – राष्ट्रिय झण्डा संगै जेसीजको झण्डोत्तलन गरी पालुङ जेसीज बर्ष २०२३ को पहिलो कार्यक्रम सोमबार सम्पन्न भएको छ । पालुङ जेसीजको सचिवालयमा नेपालको राष्ट्रिय झण्डा तथा पालुङ जेसीजको झण्डालाई झण्डोत्तलन गरिएको हो ।

थाहा नगरपालिकाको कार्यालय नजिकै रहेको जेसीज भवनमा रहेको सचिवालयको प्रांगणमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली र पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकालले संयुक्त रूपमा झण्डोत्तलन गरेका हुन् ।

पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्षहरु, पदाधिकारीहरु, कार्यक्रम संयोजकहरुको उपस्थिति रहेको थियो। बर्ष २०२३ को पहिलो कार्यक्रमको रुपमा जेसिज सचिवालय प्रांगणमा राष्ट्रिय झण्डा संगै जेसीजको झण्डा राखिएको अध्यक्ष संगम कार्कीले बताउनुभयो ।

साथै सोमबार नै बर्ष २०२३ को पहिलो बोर्ड बैठक बसी बर्ष भरी गरिने कार्यक्रमहरुको निर्धारण गरिएको कोषाध्यक्ष माधब कार्कीले बताउनुभयो । बैठक पश्चात् सहिद दिवसको अवसरमा सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*