दाङका व्यवसायीलाई हेटौंडामा स्वागत

तामसालिङ खबर
१८ माघ २०७९, बुधबार ०७:४९

माघ, हेटौडा – दाङ जिल्ला उद्योग वाणिज्य संघको पदाधिकारी तथा व्यवसायीहरुलाई मंगलबार हेटौंडामा स्वागत गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघले महोत्सव परिसरमा स्वागत गरेको हो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकीको नेतृत्वमा आउनुभएको टोलीलाई मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले हेटौंडामा स्वागत गर्नुभएको हो ।

औद्योगिक क्षेत्र भ्रमणको क्रममा हेटौंडा आउनु भएको उद्योगी व्यवसायीलाई संघले आयोजना गरेको महोत्सव परिसरको सचिवालयमा नै स्वागत तथा सम्मान गरिएको थियो। संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले संघको गतिविधिबारे जानकारी दिनुभएको थियो ।

त्यस्तै दाङ जिल्लाउवा संघका अध्यक्ष बुढाथोकीले दाङ जिल्ला उवा संघको क्रियाकलाप बारे जानकारी गराउनु भएको थियो । दाङ जि उवा संघका अध्यक्ष तथा पूर्व अध्यक्षसहितको टोलीले हेटौंडामा रहेको औद्योगिक क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*