हेटौंडा उपमहानगरद्वारा ७१ जना कर्मचारी हटायो
माघ, हेटौडा – हेटौंडा उपमहानगरपालिकाले करारका ७१ जना कर्मचारी हटाएका छन् । उपमहानगरको कार्यपालिका बैठकको निर्णय गरेर ७१ कर्मचारी एकै पटक हटाइएको हो ।
विगतमा तत्काल कार्य संचलनको लागि नियुक्त गरिएको कर्मचारी लोकसेवा आयोगबाट पदपूर्ति भई आएकाले उपमहानगरपालिकालाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले उनीहरुको करार अवधि नवीकरण नगरेको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।
उनका अनुसार, सेवाबाट बाहिरिनेहरुमा अधिकांश स्वास्थ्य शाखाका कर्मचारी रहेका छन् । त्यस्तै केही संख्यामा इञ्जिनियरदेखि सहायक चौथो स्तरसम्मका कर्मचारीहरु रहेका छन् । उनीहरुले विगत देखि नै मेयरको तोकादेशमा स्वास्थ्य, योजना, प्रशसान शाखामा काम गर्दै आएका थिए ।






