बागमती प्रदेश सभाको बैठक आह्वान
माघ, हेटौडा – बागमती प्रदेश सभाको बैठक यही माघ २२ गते बस्ने गरी आह्वान गरिएको छ । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक माघ २२ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभाको बैठक बस्न लागेको सचिवालयका प्रमुख सचिव खड्काले बताए ।
प्रदेश सभामा नेपाली कांग्रेसका ३७ जना, नेकपा एमालेका २७ जना, नेकपा माओवादी केन्द्रका २१, नेकपा समाजवादी पार्टीका ७, राप्रपाका १३, नेमकिपाका ३ जना र हाम्रो नेपाली पार्टीका २ जना गरी ११० जना सांसद रहेका छन् ।






