हेटौंडामा जारी व्यापार महोत्सबमा आज यी कलाकारहरुको प्रस्तुति हुने

तामसालिङ खबर
१९ माघ २०७९, बिहीबार ०७:१३

माघ, हेटौडा – हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तर्गत आज १९ गते विहीबार चर्चित कलाकार प्रीति आले, हेमन्त शर्मा, कृष्ण काफ्ले, शिवहरि नेपाल, मोडल तथा डान्सर करिश्मा ढकाल आउने भएका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा आज प्रिति आले, हेमन्त शर्मा, कृष्ण काफ्ले, शिवहरि नेपाल, मोडल तथा डान्सर करिश्मा ढकालले प्रस्तुती दिने भएका हुन् ।

माघ २३ गतेसम्म संचालन हुने मेलामा विभिन्न किसिमका वस्तु बिक्री तथा प्रदर्शन, बाल उद्यान, साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार, निःशुल्क स्वास्थ्य शिविरहरु मेलामा रहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*