सामाजिक सुरक्षाका लागि बागमती सरकारले पत्रकारलाई ५० लाख बजेट दिने घोषणा
माघ, दोलखा (जिरी) – बागमती प्रदेश सरकारले पत्रकारको सामाजिक सुरक्षाका लागि ५० लाख रूपैयाँ दिने भएको छ।
प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शुक्रबार नेपाल पत्रकार महासंघ बागमती प्रदेशको साधारण सभालाई दोलखामा सम्बोधन गर्दै पत्रकारको सामाजिक सुरक्षाको लागि प्रदेश सरकारले ५० लाख रूपैयाँ दिने घोषणा गरेका हुन्।
श्रमजीवी पत्रकारको हकहित र सुरक्षाको लागि सरकारले ५० लाख रूपैयाँ बजेट विनियोजन गर्ने मुख्यमन्त्री जम्कट्टेलले बताउनु भयो । श्रमजीवी पत्रकारहरुको सुरक्षाका लागि प्रदेश सरकार संवेदनशील छ । त्यसैले श्रमजीवी पत्रकारको सामाजिक सुरक्षा कोषको लागि प्रदेश सरकारले ५० लाख रूपैयाँ दिने घोषणा गर्छु । उहाँले भन्नुभयो।






