बालबालिकालाई सिम्रिकको शैक्षिक सामग्री

तामसालिङ खबर
२२ माघ २०७९, आईतवार ०७:४९

माघ, हेटौडा – मकवानपुरको मनहरी गाउँपालिका ३ लामिटारस्थित नवज्योति प्राविमा अध्ययन गर्ने ५० जना छात्रछात्रालाई सिम्रिक युबा परिवार काठमाडौले शैक्षिक सामग्री बितरण गरेको छ । सिम्रिक परिवारका अध्यक्ष अनुपकृष्ण मानन्धर, महासचिव प्रतीक श्रेष्ठ र सदस्य कृष्ण थापाले बालबालिकालाई सामग्री बितरण गरेका हुन् ।

पशुपतिनाथ माविका विब्यस अध्यक्ष माधब गौतमको सहजीकरणमा बालबालिकालाई स्कुल ब्याग तथा स्टेशनरी सामग्री बितरण गरिएको हो । नवज्योति प्राविका विब्यस अध्यक्ष बीरबहादुर राईको सभाध्यक्षतामा भएको कार्यक्रममा पशुपतिनाथ माविका प्रअ भानुभक्त आचार्य, मनहरी ३ का पूर्ब वडा सदस्य बिष्णुबहादुर थिङ लगायतको सहभागिता रहेको थियो ।

नवज्योति प्राविका प्रधानाध्यापक जयराम अधिकारीले यस प्रकारको सहयोगले बालबालिकालाई नियमित विद्यालय आउन प्रेरित गर्ने र उनीहरुको अध्ययनमा ठूलो सहयोग पुग्ने आशा ब्यक्त गरे ।

कक्षा १ देखि ३ सम्मका ५० जना बालबालिकाले शैक्षिक सामग्री र स्कूल ब्याग पाएका छन् । आगामी दिनमा अझै थप सहयोगको अपेक्षा विद्यालयले राखेको प्रअ अधिकारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*