नेवाः गुठीको हेटौंडा ११ मा शर्मिला श्रेष्ठ चयन

तामसालिङ खबर
२२ माघ २०७९, आईतवार १२:५८

माघ, हेटौंडा – नेवाः गुठी खलः हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाको शनिबार भएको प्रथम बार्षिक भेलाले शर्मिला श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा श्याम श्रेष्ठ, सचिवमा नन्दलाल श्रेष्ठ, सह सचिवमा रामेश्वर नगरकोटी, कोषाध्यक्षमा मीरा श्रेष्ठ तथा सदस्यहरुमा राजु श्रेष्ठ, इशा श्रेष्ठ, लक्ष्मी चित्रकार र चन्द्रकिरण श्रेष्ठ रहेका छन् ।

कार्यक्रम हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्य तथा नेवाः गुठी खलः मकवानपुरका उपाध्यक्षद्वय बिष्णुलाल श्रेष्ठ र मेनका श्रेष्ठ तथा नेवाः साँस्कृतिक पुचः मकवानपुरकी सचिव सुमित्रा बज्राचार्य, नेवाः गुठी खलः हेटौंडा नगर अध्यक्ष बिकेशलाल श्रेष्ठको विशेष अतिथ्य रहेको थियो ।

कार्यक्रममा नेवाः गुठी खलः मकवानपुरका महासचिव देबकुमार श्रेष्ठ, नेवाः गुठी खलः हेटौंडा ११ का सल्लाहकारहरु भीम श्रेष्ठ, फूलमान श्रेष्ठ र हस्तलाल श्रेष्ठको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*