हेटौंडा आइडलमा ‘टप ५’ छानिए, आज फाइनल

तामसालिङ खबर
२३ माघ २०७९, सोमबार ०७:१३

माघ, हेटौंडा – टिसिएसन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगिताको आज फाइनल हुँदै छ ।

शनिबार दुई प्रतिस्पर्धी बाहिरीएपछि टप ५ छानिएको छ । शुक्रबार भएको गायन प्रतिस्पर्धा पछि भएको निर्णायकको मुल्याकंन, टिकटबाट भोटिङ र एसएमएसबाट भएको भोटिङको आधारमा दुई प्रतिस्पर्धीहरु विजय लामा (९), आवाज सुनार (३) बाहिरिएका छन् । त्यस्तै आइतबार राजेश दर्नाल (७) बाहिरिएका छन्।

अन्तिम प्रतिस्पर्धीको लागि आज अनिता मोक्तान (१), प्रेमलाल बैठा (२),सुस्मिता श्रेष्ठ (४), दीपेश श्रेष्ठ (५), सुसन शाही ठकुरी(८) रहेको आइडलका निर्णायक विजय कार्कीले बताए ।

सहभागी प्रतियोगीलाई भोट गर्न टिकटको अर्धकट्टी र एसएमएसबाट भोटिङको व्यवस्था गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*