मकवानपुर गढीको कुर्लेमा यहि माघ २७ गते ल्होछार सांस्कृतिक कार्यक्रम हुने

माघ, हेटौडा (मकवानपुर गढी) – मकवानपुर गढीको कुर्लेदमारमा ल्होछार बिशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको राष्ट्रिय पर्व मन्जुश्री सम्वत् २८५९ ह्योई/तावर ल्हो (बिरालो बर्ग) को अवसरमा यहि माघ २७ गते मकवानपुर गढीको कुर्लेदमारको चौरमा ल्होछार बिशेष सांस्कृतिक कार्यक्रम हुने भएको हो ।
शनिबार शिखरकटेरीमा भएको बिशेष बैठक मार्फत स्थानीय समाजसेवी आकाशकुमार गोलेको संयोजकत्वमा ४१ सदस्यीय ल्होछार सांस्कृतिक कार्यक्रम मूल आयोजक समिति चयन गरेको छ । छोटो समयमा हामीले कार्यक्रमको मिति तय गरेका छौ, सबै जना मिलेर कार्यक्रम भव्यताका साथ मनाउन संयोजक गोलेले अनुरोध गर्नुभयो।
गढीको स्थानीय पर्यटन प्रबर्द्धन गर्ने उद्येश्यले आयोजना गर्न लागेको ल्होछार बिशेष सांस्कृतिक कार्यक्रममा तामाङ सेलोको बादशाह गायक प्रेम लोप्चन, गायक तथा संगीतकार प्रकाश तितुङ सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने समितिको सचिव राजकुमार गोलेले जानकारी दिनुभयो। लामा, बोन्पो (झाँक्री), सहित नृत्य प्रस्तुति समेत रहने बताउनु भयो।