दिपेश श्रेष्ठले जिते, हेटौंडा आइडलको उपाधि

तामसालिङ खबर
२३ माघ २०७९, सोमबार १७:५६

माघ, हेटौंडा – हेटौडा आइडलको उपाधि दिपेश श्रेष्ठले हात पारेको छ । मकवानपुर उद्योग बाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० स्थित टिसिएसन चौरमा १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा फाइनलमा पुगेका पाँच जना प्रतिस्पर्धी लाई उछिन्दै दीपेश श्रेष्ठले उपाधि हात पारेका   छन् ।

आइतबार भएको ग्राण्ड फाइनलका आफ्नो गायन प्रस्तुती दिदैं उनले हेटौंडा आइडलको उपाधि प्राप्त गरेका हुन् । आइडलको फष्ट रनरफ सुसन शाही ठकुरी भएका छन् भने सेकेन्ड रनरफ प्रेमलाल बैठा भएका छन् । उनीहरुले निर्णायकको मुल्याकंन, टिकट र एसएमएसबाट प्राप्त भएको भोटिङको आधारमा विजेता बनेका हुन् ।

प्रतियोगितामा अनिता मोक्तानले चौथो स्थान र सुस्मिता श्रेष्ठ पाँचौ स्थान हासिल गरेका छन् । आइडल बनेका दीपेश श्रेष्ठले नगद तीस हजार, ट्रफी सहित विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन्, ।

त्यस्तै, सुसन शाही ठकुरीले वीस हजार नगद, टफी सहित विभिन्न आकर्षण पुरस्कारहरु प्राप्त गरेका छन् भने प्रेमलाल बैठाले नगद दश हजार सहित ट्रफी विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन् ।

हेटौंडा आइडलको प्रायोजकमा हेटौंडामा रहेको लक्की ज्वेलर्स रहेको हेटौंडा आइडल व्यवस्थापन समितिका संयोजक एंव मउवा संघका कार्यसमिति सदस्य अंकिता सुमार्गीले बताइन् ।

आइडल बनेका श्रेष्ठलाई बोन ट्राभल्स एण्ड टुर्सको तर्फबाट माउन्टेन फ्लाइटको सुविधा स्वरुप पुरस्कार दिइएको छ । आइडलको निर्णायकमा विजय कार्की, ईश्वर खड्का र कृष्ण गोपाल सिंह रहेका थिए । आइडलमा २० जना प्रतिस्पर्धीले प्रतिपर्धा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*