मर्मत सम्भारको लागि फाल्गुन १ गते देखि हेटौडा काठमाडौ सडक खण्ड बन्द हुने

रासस
२५ माघ २०७९, बुधबार ०७:३६

माघ, हेटौडा – संघीय राजधानी काठमाडौ र बागमती प्रदेश राजधानी हेटौडा जोड्ने हेटौडा फाखेल काठमाडौ सडक खण्ड फाल्गुन १ गते देखि बन्द हुने भएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले सडक मर्मतको कार्य तिब्र बनाउनको लागि उक्त सडक खण्ड फागुन १ गतेबाट बन्द गरिने बताउनुभएको छ । उहाँको अनुसार करिब २ महिनाभित्र हेटौैँडाबाट काठमाण्डौँ जाँदा कुलेखानी–चित्लाङ सडक तथा फर्कदा कान्तिलोकपथ सडक प्रयोग गर्नेगरि मर्मतको काम हुने भएको छ ।

मंगलबार हेटौँडामा मुख्यमन्त्री शालिकराम जमकट्टेलले सर्वपक्षीय छलफल राखेर फागुन १ बाट फाखेलको सडक मर्मतको लागि बन्द गर्ने निर्णय गर्नुभएको हो । काठमाडौ जाँदा चित्लाङ र फर्कदा कान्तिलोकपथ कायम गर्नको लागि उहाँले आबश्यक पहल गरिएको जनाउनुभयो ।

प्रदेश राजधानी हेटौंडाबाट केन्द्रीय राजधानी काठमाण्डौ उपत्यका प्रवेश गर्ने पहुच मार्ग हेटौंडा – भिमफेदी – हुमाने – फर्पिङ सडकको भैंसे – भिमफेदी खण्ड, हेवी कलंकी – हुमाने खण्ड र हुमाने – फर्पिङ खण्डको सडक र कुलेखानी – सिस्नेरी – छैमले – दक्षिणकाली खण्डको निर्माणको कार्यलाई गति दिइ छिटो सम्पन्न गर्न वाग्म्ती प्रदेशका मुख्यमन्त्री जमकट्टेल सरोकारवालाहरु प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय जिल्ला प्रशासन कार्यालय, प्रदेश प्रहरी, ट्राफिक प्रहरी कार्यालय, स्थानीय तहहरु, आयोजना कार्यालयहरु, टाटा सुमो यातायात समितिहरु, निर्माण व्यवसायीहरु लगायत सम्बन्धित सबै पक्षसंग समस्या समाधानमा छलफल गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*