बागमती प्रदेशमा तामाङ र नेवार भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रक्रिया शुरु

माघ, हेटौडा – बागमती प्रदेश सरकारले प्रदेशमा बोलिने दुई राष्ट्रिय भाषा नेवार र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रक्रिया शुरु गरेको छ । सरकारले उक्त भाषको बिषयमा अध्ययन गर्न समिति बनाएर प्रक्रियाको थालनी गरेको हो ।
समितिमा सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको संयोजकत्वमा बनेको समितिमा श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ र वन तथा वाताबरण मन्त्री राजु विष्ट रहनुभएको सरकारका प्रबक्ता एबम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।
सामाजिक विकास मन्त्री एबम् अध्ययन समिति संयोजक मोक्तानले २ महिनामा समितिले अध्ययनको प्रतिबेदन बुझाएपछी थप प्रक्रिया अगाडी बढाइने बताउनुभयो । आफुहरुले पाएको जिम्मेवारी छिटो पुरा गर्ने उहाँको भनाई रहेको छ ।