सिन्धुली बखफरको जनता उच्च माबिमा अभिभावकले गरे तालाबन्दी

बिशालराज राई
२६ माघ २०७९, बिहीबार १७:३१

माघ, सिन्धुली (हरिहरपुर गढी) – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ बखफरको जनता उच्च माध्यामिक बिद्यालयको कार्यालयमा स्थानिय अभिभावकले तालाबन्दी गरेका छ्न ।

उक्त बिद्यालयको बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष चयन गर्ने प्रक्रियामा बिबाद भएपछी स्थानीय केहि अभिभावकहरुले तालाबन्दी गरेका हुन्।

गत पौष ४ गते बसेको बिद्यालय अभिभावक भेलाबाट ४ जना सदस्य र गाउँपालिका प्रतिनिधि १ सदस्य गरि ५ जना चयन भएको थियो भने पौष १९ गते बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा शुभाषकुमार राईलाई चयन गरिएको थियो । तर बिद्यालय प्रशासनले अध्यक्ष चयन हुदापनि बिबादित भनेर पालिकालाई जानकारी गराइएको आरोप आभिभावकले लगाएको छ ।

विद्यालय‌का प्रधानध्यापकले सर्वसम्मतवाट अध्यक्ष छनोट गर्न नसकेको कारण देखाउँदै संघिय शिक्षा नियमावाली विपरित पालिकालाई पत्राचार गरि पदीय दायित्व वहन नगरी गैर जिम्मेवारपन देखाएकोले बहुमत सदस्यहरू र अभिभावकहरूको सर्वसम्मत निर्णय अनुसार अभिभावक भेलाबाट छनोट भएका सदस्यहरुबाट अध्यक्ष चयन नहुँदा सम्म विद्यालयमा तालाबन्दि गर्ने निर्णय गरिएको पत्रमा उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*