हर्नामाडीमा बाघको आक्रमणबाट एक महिला घाइते

तामसालिङ खबर
२५ माघ २०७९, बुधबार २२:४४

माघ, हेटौंडा – हेटौंडा उपमहानगरपालिका १८, हर्नामाडीमा बाघको आक्रमणबाट एक महिला घाइते भएको छ । बुधबार दिनको ४ बजेको समयमा हर्नामाडीको रामधुनीमा जंगल छेउ घाँस काट्न गएकी ५५ वर्षीया मैती बयलकोटीलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

बाघको आक्रमणबाट बयलकोटीको गाला, ओँठ र ढाडमा चोट लागेको छ । घाइते बयलकोटीलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको छ ।

केहीदिन देखि हर्नामाडी क्षेत्रमा बाघले स्थानीयको बाख्रा र बंगुर खाइदिएको थियो । प्रहरीले घटनाबारे वन कार्यालयलाई जानकारी गराइदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*