कालीगण्डकीमा बस खस्यो, १७ जना घाइते

तामसालिङ खबर
३ फाल्गुन २०७९, बुधबार १५:१२

फाल्गुन, काठमाडौं – मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको ना ७ ख ७४४० नम्बरको बस कालीगण्डकी नदीमा खसेको छ।

मुस्ताङको थासाङ–३ धम्पुमा बस दुर्घटना भइ कालीगण्डकीमा खस्दा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख (डिएसपी)रविन्द्रनाथ पौडेलले जानकारी दिए।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको अन्यको अवस्था सामान्य रहेको पौडेलको भनाइ छ। घाइते भएका ११ जनालाई थप उपचारका लागि पोखरा पठाइएको उनको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*