मकवानपुर गढीमा मनाइयो, ल्होछार सास्कृतिक कार्यक्रम

माघ, हेटौडा (मकवानपुर गढी) – मकवानपुर गढीमा शुक्रबार ल्होछार बिशेष सास्कृतिक कर्यक्रम भब्य रुपले मनाएको छ । मकवानपुर गढी गाउँपालिका २ स्थित कुर्लेदमार चौरमा सम्पन्न सोनाम ल्होछार बिशेष सास्कृतिक कार्यक्रम पालिका अध्यक्ष दोर्जे लामा स्याङ्गतानको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष स्याङ्गतानले अबको बर्षमा पालिकाले नै तिन देखि पाँच दिन सम्म भब्य ल्होछार कार्यक्रम गर्छौ । धर्म, सस्कृति प्रबर्द्धन गर्नको निम्ति पालिका सधै तयार छ । रमाइलो गर्ने जाती भएकोले रमाइलो मात्र हैन, आफ्नो धर्म सस्कार पहिचानमा ध्यान दिनु पर्ने समेत बताउनु भयो ।
त्यस्तै, पालिका उपाध्यक्ष मानकुमारी पाख्रिनले ५९ प्रतिशत तामाङ समुदायको बाहुल्यता रहेको यस पालिकामा आगामी दिनमा परिस्कृत गर्दै विभिन्न योजना बनाई सास्कृतिक कार्यक्रम संगै धार्मिक, पहिचान र जगारण ल्याउने खालको कार्यक्रम हुने पर्ने बताउनु भएको छ । तामाङ समुदाय भित्र समाबेशीता बढी पाइएको हुन्छ, यस्तो समबेशिता सबै जातजातिले अबलम्बन्ध गर्नु पर्ने समेत बताउनु भयो ।
कार्यक्रममा ख्याति प्राप्त तामाङ कलाकारहरु गायक प्रेम लोप्चन, गायक तथा संगीतकार प्रकाश तितुङ्ग, धिरेन लामा, बिक्रम लुङ्बा, अविराम मोक्तान, बिमला थिङ्ग, सुजना रुम्बा, सुमियान पाख्रिन लगायतले बेजोड सांगीतिक प्रस्तुत गरेको थियो । त्यस्तै गरि, डान्सर प्रेमा लोप्चन, रबि लामा सहित स्थानीयहरुको सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए । मकवानपुर तामाङ कलाकार संघको कलाकारहरुको टिमले ‘छोर्वा’ तामाङ नाटक प्रस्तुत गरेको थियो । लामा, बोन्पो (झाँकी), ताम्बाको झाँकी प्रदर्शनी गरेको थियो ।
मकवानपुर गढीको समग्र स्थानीय पर्यटन प्रबर्द्धन गर्ने उद्येश्यले छोटो समयमा मकवानपुरगढी गाउँपालिकाको मुख्य सहयोगमा ल्होछार बिशेष सांस्कृतिक कार्यक्रम गरिएको हो। आगामी बर्षमा पालिका संग समन्वय गरि बृहत बनाई कार्यक्रम गरिने कार्यक्रम संयोजक आकाशकुमार गोलेले बताउनु भयो ।
सास्कृतिक कार्यक्रममा नेपाल तामाङ घेदुङको संघीय महासचिब काजिमान थिङ, बागमती प्रदेश अध्यक्ष लिलाकुमार घलान, गढी गाउँपालिकाको प्रशासकीय प्रमुख रामकुमार पुडासैनी, २ नम्बर वडा अध्यक्ष बखान सिं पाख्रिन, ७ नम्बर वडाको अध्यक्ष सुर्यबहादुर रुम्बा, नेपाल तामाङ घेदुङ मकवानपुरको कावा अध्यक्ष कालु घलान लगायत स्थानीय संघसस्थाको प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो।