थाहा नगरको पालुङ क्याम्पसको अध्यक्षमा बिष्णु बिष्ट निर्विरोध
फाल्गुन, हेटौडा (थाहा नगर) – पालुङ बहुमुखी क्याम्पसको २० औं परिषद भेलाले क्याम्पसको अध्यक्षमा पुनः बिष्णु बिष्ट ‘आदर्श’ सर्बसम्मत चयन हुनु भएको छ । भेलाले अध्यक्षमा थाहा नगर प्रमुख समेत रहेका बिष्ट निर्विरोध भएको निर्वाचन अधिकृत उमेश श्रेष्ठले जानकारी दिनु भयो।
परिषद भेलाले ११ सदस्यीय क्याम्पस संचालक समिती निर्विरोध चयन गरेको छ । सदस्यहरुमा सहदेव ढकाल, सरोज कुमार खनाल, सगुन कुमार ढकाल , रिता प्रधान, जुजुभाइ प्रधान, केदार कार्की, सुरेन्द्रमान प्रधान, बिमलकुमार ढकाल, सुदर्शन कार्की र मनोज अधिकारी रहेका छन।
निर्वाचित भएका पदाधिकारी हरुलाइ निर्वाचन अधिकृत उमेश श्रेष्ठ र रमेशमान डंगोलले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । निर्वाचित संचालक समितिको पहिलो बैठक फागुन ९ गते बस्ने र बैठकले अन्य सदस्यहरुको मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष बिष्णु बिष्टले बताउनुभयो।






