मोटरसाइकल खरिद गर्दा दोङले जिते एक लाख रुपैया
फाल्गुन, हेटौंडा – बहुचर्चित मोटरसाइकल ब्राण्ड बजाजले ल्याएको ‘८ हजार पक्का, १ लाख जित्ने मौका’ योजना अन्तर्गत बुद्धिबहादुर दोङ पहिलो हप्ताको विजेता बनेका छन् ।
दोङले होराइजन अटो प्रालि हेटौंडाबाट मोटरसाइकल खरिद गर्दा १ लाख जितेका हुन् । दोङलाई बुधबार गोल्छा ग्रुपका सेल्सहेड श्रीधर भण्डारी र होराइजन अटो प्रालि सञ्चालकद्वय राजु बज्राचार्य र लालकाजी बज्राचार्यले संयुक्त रुपमा एक लाखको चेक हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा एरिया सेल्स अफिसर विजय सिंह र हुलास फिन ग्रुप प्रतिनिधि लगायतको उपस्थिति थियो । बजाजको कुनै मोटरसाइकल खरिदमा सोही योजना अनुरुप हरेक हप्ता एक जनाले १ लाख जित्नसक्ने सञ्चालक बज्राचार्यले जानकारी दिए ।






