राहत शिक्षक समिति बागमती गाउपालिका अध्यक्षमा राना, १३ सदस्यीय कार्यसमिति चयन
फाल्गुन, हेटौडा (बागमती) – राहत शिक्षक समिति बागमती गाउँपालिका अध्यक्षमा हस्तबहादुर राना चयन भएका छ्न् । शनिबार सम्पन्न दाेस्राे अधिवेशनबाट अध्यक्ष राना सहित १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको बागमती गाउँपालिका प्रमुख सर्केश घलानले संघीय शिक्षा शिक्षा हालसम्म जारी नहुँदा स्थानीय सरकारले शिक्षामा उचित निर्णय गर्न नसकिएकाेमा असन्तुष्ट व्यक्त गर्नुभयो।
नेपालकाे विद्यालयहरूमा लामाे समयसम्म कार्यरत रहेका हजाराैं राहत शिक्षकहरूकाे अधिकार, माग र मुद्दा न्यायाेचित ढंगले अब जारी हुने संघिय शिक्षा ऐनले सम्बाेधन हुने गरि व्यवस्था हुन पर्ने बताउनु भयो । शैक्षिक क्षेत्रमा दशकाै देखि सेवा पुर्याउने हजाराै राहत शिक्षकहरूकाे जायज मागहरू अविलम्ब सम्बाेधन गर्न संघीय सरकारलाई अनुराेध गरे ।
समितिको उपाध्यद्वय उषा माझी, सुनिता लामा, सचिवमा ज्ञानबहादुर लामा र काेषाध्यक्षमा ज्ञानबहादुर राई चयन भएका छन्। त्यस्तै, सदस्यहरुमा गीता राउत, राेशन सिन्तान, एक्काबहादुर दाेङ, वीरमान घलान, हरिबहादुर जर्गा, कमला सिन्तान, रेखा रिजाल र सन्तलाल पाख्रिन लगायत रहेका छन्।
स्थानीय तहकाे शिक्षाकाे परिवर्तनका लागि राहत शिककाे ठूलाे याेगदान रहेकाे स्मरण गर्दै आगामी दिनमा पनि पालिकासंग सहकार्य गरी थप शैक्षिक सुधारकाे लागि लाग्न आग्रह गरे । साथै राहत शिक्षकहरूकाे हक, अधिकार तथा जायज माग र मुद्दा सम्बाेधनका लागि स्थानीय सरकार प्रतिवद्ध रहेकाे जानकारी गराउँदै अधिवेशन सफलताकाे हुभेच्छा व्यक्त गरे ।
राहत शिक्षक समितिले सरकार समक्ष आफ्ना पेसागत माग र मुद्दा थुप्रै अघिसारेर संघर्षरत छन्, ती उठाएका जायज माग र मुद्दा सम्बाेधनका लागि एकिकृत अखिल नेपाल शिक्षक संगठन सधै राहत शिक्षकहरूकाे साथमा रहेकाे जिल्ला अध्यक्ष वसन्त राईले बताउनु भयो।
राहत शिक्षक जस्तै अन्य शिक्षकहरू पनि सरकारबाट अपहेलित छन् ती शिक्षकहरूकाे हक, अधिकार र माग मुद्दा पनि सम्बाेधनका लागि संगठनले तीनै तहका सरकारलाई निरन्तर दबाब दिदै आएकाछाै अध्यक्ष राईले भने ।
राज्यले हाम्रा माग र मुद्दाकाे सुनुवाइ गर्नुनै पर्छ , हाम्राे विभिन्न चरणकाे संघर्ष र आन्दाेलनबाट हाम्रा केही माग र मुद्दा सम्बाेधन त भएका छन् । केन्द्र सरकारले विभिन्न वहाना हामीलाई उपेक्षा गर्दै आएकाे भनि दु: ख व्यक्त गर्दै अब जारी हुने शिक्षा ऐनमा आफ्ना माग र मुद्दा सम्बाेधन हुने गरी ल्याउनु पर्ने राहत शिक्षक केन्द्रीय समिति सदस्य सन्देश तुम्सिङ र मकवानपुर जिल्ला सहसचिव जीवन तिमल्सिनाले साझा धारणा राखे ।
हस्त रानाकाे सभाध्यक्षमा श्री महाबुद्ध आधारभूत विद्यालयमा आज सम्पन्न बागमती गाउँपालिका स्तरीय राहत शिक्षक समितिकाे दाेश्राे अधिवेशनमा पालिका अन्तर्गतका राहत शिक्षकहरूकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे । हाल यस पालिकामा मावि, निमावि र प्रावि तहमा राहत शिक्षक दरबन्दीमा १ सय १० जना शिक्षक कार्यरत रहेका छन् ।






