रोटरी क्लब अफ मकवनपुरद्वारा कैलाशको बिकट गाउँ घैराङ्गको बिद्यालयमा शैक्षिक सामाग्री सहयोग

तामसालिङ खबर
१४ फाल्गुन २०७९, आईतवार ०७:५६

फाल्गुन, हेटौडा (कैलाश) – मकवानपुरको कैलाश गाउपालिका वडा नम्बर ९ घैराङ्गमा रहेको जीवनज्योति प्राथमिक विद्यालयमा रोटरी क्लब अफ मकवनपुरले लताकपडा (ट्र्याक सुट) तथा शैक्षिक सामाग्री सहयोग गरेको छ ।

शनिबार एक कार्यक्रमका बीच कक्षा १ देखि ५ सम्मका १ सय २३ जना विद्यार्थीहरुलाइ लत्ताकपडा (ट्र्याक सुट ), झोला, किताब,कपि,पेन्सिल लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै रोटरी क्लब अफ मकवनपुरका अध्यक्ष कृष्ण बहादुर कार्किले ३२ वर्ष अगाडि पुग्दा गाउको अवस्था र अहिले पनि त्यस्तै अवस्था रहेकोले घैराङलाई परिबर्तन ल्याउन पालिका संग आगामी दिनमा पनि सहकार्य गर्ने बताए ।

यस्तै, वडा नम्बर ९ का वडा अध्यक्ष भुवनसिं घलानले भूगोलको हिसाबले एउटा भेग नै छुट्टीएर बसेको र पछाडी परेको यो गाउँ र बिद्यालयलाइ सहयोग गरेकोमा रोटरी क्लबलाई धन्यवाद दिदै आगामी दिनमा पनि पिछडिएको घैराङ्ग गाउँमा भौतिक विकासमा पनि सहयोगको लागि अपेक्षा रहेको बताउनु भयो।

कार्यक्रममा जीवन ज्योति प्राथमिक बिद्यालयको प्रधानाध्यापक सिताराम रुम्बाले शिक्षा क्षेत्रमा पछाडि परेको यस बिद्यालयलाई सहयोग गर्न प्रस्ताव राखेको एक हप्ता मै घण्टौ हिडेर सहयोगको लागि पुगेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए ।

रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्ण बहादुर कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा कैलाश गाउपालिका ९ नम्बर वडा अध्यक्ष भुवन सिंह घलानको प्रमुख आतिथ्यता रहेको थियो।

त्यस्तै रोटरी अफ क्लबका पुर्व अध्यक्ष ज्ञानकृष्ण प्रजापति, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डबलबहादुर गोले, रोट्र्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदिप कुमार राई र रोटरी क्लब अफ मकवानपुरका सदस्यहरुको उपस्थित रहेको थियो । विश्वसिं रुम्बाको संयोजकत्वमा भएको कार्यक्रममा एकलाख तीस हजार बराबरको लत्ताकपडा र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*