एमाले बिनाको संघीय र प्रदेश सरकार बन्छ – उपप्रधानमन्त्री श्रेष्ठ

फाल्गुन, जनकपुरधाम – नेपाल सरकारका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल एमाले सहमतिमा आउने सम्भावना र छाँटकाँट नदेखिएकोले अब एमालेबिनाको संघीय र प्रदेश सरकारहरू नै बन्ने बताएका छन् ।
जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभामुख पाएको एमालेले कांग्रेसलाई राष्ट्रपतिमा समर्थन जनाएको भए राष्ट्रिय सहमतिको सरकार बनेर देशले निकास पाउने थियो भन्ने कुरा राखे ।
सञ्चालन नहुँदै ढलेको कमला पुल सहितको स्थलगत निरीक्षण गर्न आफू आएको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले कमला पुल सहितका अलपत्र आयोजनाहरूको निरीक्षण गरी पुनः निर्माणका लागि प्राविधिक कामहरू गर्नकै लागि धनुषा आएको बताएका छन् । उपप्रधानमन्त्री श्रेष्ठ महोत्तरीसहितको जिल्लामा हुने कार्यक्रमहरूमा पनि सहभागी हुने जनाइएको छ । रातोपाटी बाट