मकवानपुरको बागमती गाउँपालिकामा आज र भोलि सार्वजनिक बिदा

तामसालिङ खबर
१५ फाल्गुन २०७९, सोमबार ०६:२७

फाल्गुन, हेटौडा (बागमती) – मकवानपुरको बागमती गाउँपालिकामा आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएकाे छ । आइतबार बसेकाे कार्यपालिकाे बैठकले फाल्गुन १५ र १६ गते गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे ।

आज १५ गते सोमबार मगर समुदायको ४१ औं स्थापना दिवस र १६ गते भोलि मंगलबार माझी समुदायको लदि (कोशी पूजा) पर्वको अवसरमा पालिकाभित्र सार्वजनिक बिदा दिईएको अध्यक्ष सर्केश घलानले जानकारी दिनुभयो ।

सार्वजनिक बिदाकाे दिन पालिकाको अत्यावश्यकीय सेवा बाहेक पालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था र सार्वजनिक संस्था बन्द रहने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*