व्याबहारिक न्याय निरुपणको लागि स्पष्ट हुन आबश्यक छ – मन्त्री श्रेष्ठ

तामसालिङ खबर
१५ फाल्गुन २०७९, सोमबार १६:२६

फाल्गुन, सिन्धुली – स्थानीय न्यायिक समिती क्षमता अभिबृद्धि अन्तरक्रिया कार्यक्रमको सोमबार सिन्धुलीमाढिमा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रि गंगा नारायण श्रेष्ठले उद्घाटन गर्नुभएको छ ।

बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव नारायण प्रसाद शर्माको अध्यक्षता तथा बागमति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि गंगा नारायण श्रेष्ठको प्रमुख आतिथ्यता भएको कार्यक्रममा सिन्धुलीको ६ वटा पालिकाका जनप्रतिधि तथा न्यायिक समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि श्रेष्ठले हरेक पालिकाको न्याय निरुपणको अधिकार पालिका उपाध्यक्षलाई कानुन र बिधिको शासनको साथै व्याबहारिक न्याय निरुपणका लागि स्पष्ट हुन आबश्यक रहेको मन्त्रि श्रेष्ठले बताउनु भयो ।

कतिपय पालिकामा क्षेत्राधिकार भन्दा बाहिर रहेर न्याय सम्पादन गरिएको पाइएको बताउनु हुँदै श्रेष्ठले नियत बस भन्दा पनि अन्जानले गल्ति बारम्बार भैरहने भएकाले अब त्यस्ता गल्ति नदोहो¥याउनको निम्ति न्याय प्रदान गर्ने ब्यक्ति नै स्पष्ट रहनुपर्ने बताउनु भएको छ ।

न्याय सम्पादन गर्ने ब्यक्तिको सहजता तथा गलत न्याय सम्पादन न्युनिकरणको उदेश्य सहित बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमति प्रदेशका १० वटा जिल्लामा क्षमता अभिबृद्धिको सहितको अन्र्तक्रिया सन्चालन गरिने मन्त्रि श्रेष्ठले बताउनु भयो ।

सत्य न्याय निरुपणको लागी बागमति प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन सचिव बिनोद भट्टराईले स्थानीय न्यायिक समिती क्षमता अभिबृद्धि अन्तरक्रिया कायक्रमको सहजिकरण गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*