बृहत साँस्कृतिक कार्यक्रम गरि मनाइयो, मगर संघको ४१ औं स्थापना दिवस

तामसालिङ खबर
१५ फाल्गुन २०७९, सोमबार १६:०३

फाल्गुन, हेटौडा – नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरले संघको ४१ औं स्थापना दिवसको अवसरमा सोमबार शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रम गरि भब्य रुपमा मनाएको छ ।

हेटौंडा उपमहानगरपालिका १२ स्थित प्रथम सहिद क्या. लखन थापामगर स्मृति वाटिकामा हेटौंडा उपमहानगरका प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा र संघका जिल्ला अध्यक्ष सन्देश तुम्सिङ्ग मगरको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै मेयर लामाले मकवानपुरमा मगरहरुको एकता राम्रो रहेको र अझ मगरहरुमा एकता बलियो हुनपर्ने कुरामा जोड दिंदै मगर समुदायको भाषा, भेषभूषा, संस्कृति संरक्षण र सम्वर्द्धनको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । मगर संघ मकवानपुरको आफ्नो भवन नरहेको र आगामी बजेटमा मगर संघको भबनको लागि पनि बजेट बिनियोजन गर्ने मेयर लामाले बताउनुभयो ।

संघका केन्द्रीय अनुशासन बिभाग प्रमुख अशोक शारु मगरले कार्यक्रममा बोल्दै सम्पुर्ण मगरहरु एकजुट हुन पर्ने र एकजुट भए मात्रै मगरात प्राप्ति हुने बताउनु भयो । कार्यक्रममा राष्ट्रिय कलाकार र स्थानिय कलाकारहरुको मगर संस्कृति झल्किने गायन र नृत्य सहितको बेजोड प्रस्तुती रहेको थियो ।

कार्यक्रममा संघका केन्द्रीय सदस्य अमृता थापा मगर, बागमती प्रदेश सदस्य तथा मकवानपुर ईन्चार्ज रामकुमार वोगटी मगर, संघका पुर्ब अध्यक्षहरु, भातृ संस्थाको अध्यक्षहरु, संघको हे.उ.न.पा. समितिको अध्यक्ष भरत ठाडा मगर, गुठिका अध्यक्षहरु लगायतको आतिथ्य रहेको थियो ।

मगर समुदायले २०१२ सालमा स्थापना भएको तत्कालीन अवस्थामा मगर समाज सुधार समितिको नामबाट देशभरका मगर जातिलाई एक ठाउँमा उभ्याउने प्रयास भएयता विभिन्न चरणमा संस्थाको नाम परिमार्जन हुँदै हाल नेपाल मगर संघ हुन आएको ऐतिहासिक दिन भएकोले २०३९ सालदेखि हरेक वर्ष फागुन १५ गते स्थापना दिवस मनाउन थालिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*