कान्ति लोकपथको आवागमन बन्द
फाल्गुन, हेटौंडा – यही फागुन १८ गते बिहिबार देखि हेटौंडा काठमाडौं कान्तिलोक पथको मर्मत सम्भारका लागि दुईतर्फी आवागमन बन्द हुनेभएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा सोमबार हेटौंडामा बसेको बैठकले कान्तिलोकपथमा फागुन १८ गतेदेखि चैत १० गतेसम्म दुवैतर्फबाट सवारीसाधनको आवागमन बन्द गर्ने निर्णय गरेको हो । कान्तिलोकपथ रुट हुँदै हेटौंडा-काठमाडौं चल्ने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।
हेटौंडाबाट काठमाडौं जान हेटौंडा भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली रूट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन गर्ने र काठमाडौंबाट हेटौंडा आउन थानकोट चित्लाङ मार्खु कुलेखानी भीमफेदी रूट हुँदै एकतर्फी सवारी सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।
यसअघि फागुन १ गतेदेखि हेटौडा भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौं र हेटौंडा भिमफेदी कुलेखानी फाखेल हुमाने फर्पिङ काठमाडौं जोड्ने सडक मर्मतका लागि २ महिना बन्द गरिएको थियो । हेटौंडाबाट काठमाडौं जोड्ने छोटो दुरिको यि दुई सडक बन्द भएपछि कान्तिलोकपथलाई वैकल्पिक मार्गको रुपमा काठमाडौंबाट हेटौंडा फर्कन प्रयोग गर्न दिने निर्णय भएको थियो ।






