प्रदेश सरकारले हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई एक लाख उपलब्ध गराउने

तामसालिङ खबर
१७ फाल्गुन २०७९, बुधबार ०५:५९

फाल्गुन, हेटौडा – जंगली हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारहरुलाई बागमती प्रदेश सरकारले जनही एक/एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

मंगलबार बिहान बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो।

पछिल्लो दुई सातामा प्रदेशमा जंगली हात्तीको कारण तीन जनाको मृत्यु भएको छ । एमगज नामक जंगली हात्ती आक्रमणको कारण गत फागुन ८ गते मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ४ वनकरिया टोलकी ६४ वर्षीया राधा अधिकारी र फागुन १२ गते बकैया–५ पावसका ५० वर्षका सन्तलाल माझीको मृत्यु भएको थियो।

त्यस्तै, सिन्धुलीमा पनि सोही हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*