लेखापढी कानुन व्यबसायी मकवानपुरको अध्यक्षमा अर्याल निर्वाचित

राजकुमार के.सी.
२० फाल्गुन २०७९, शनिबार ०७:५९

फाल्गुन, हेटौंडा – नेपाल लेखापढी कानुन व्यबसायी एसोसिएसन जिल्ला समन्वय समिति मकवानपुरको अध्यक्षमा पुर्णप्रसाद अर्याल निर्वाचित भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा देबीप्रसाद गौतमलाई १३ मतले पछि पार्दै अर्याल निर्वाचित भएका हुन् । त्यस्तै, उपाध्यक्षमा शिबराज पुडासैनी र सचिबमा अजित उप्रेती निर्वाचित भएका छन् । कोषाध्यक्षमा सन्तोषी बर्तौला, सह-कोषाध्यक्षमा निता सुबेदी अर्याल, सह-सचिवमा सत्रुधन बैठा सर्वसम्मत निर्वाचित भएका छन ।

एसोसिएसनको सदस्यहरुमा जानुका अर्याल, ध्रुबप्रसाद लामिछाने, राजेश लामा मुक्तान, समाज बिष्ट, सरिता भट्टराई, सरिता गोपाली र ज्ञानु परियार निर्विरोध निर्वाचित भएका निर्वाचन कार्यक्रम संयोजक प्रकाश लामा थोकरले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*