मनहरीमा माओवादी केन्द्र संगठन बिस्तार तथा जनसम्बन्ध सुदृढीकरण अभियान शुरु
फाल्गुन, हेटौडा (मनहरी) – नेकपा माओवादी केन्द्र मनहरी गाउँपालिका कमिटीले जनवर्गीय संगठन बिस्तार तथा जनसम्बन्ध सुदृढीकरण अभियान शुरु गरेका छन्।
कमिटीले जनवर्गीय संगठन बिस्तार तथा जनसम्बन्ध सुदृढीकरण अभियान अन्तर्गत शनिबार वाइसीएल र अनेमा संघ क्रान्तिकारी मनहरी ९ नम्बर वडा कमिटी गठन गरेको छ ।
वाइसीएल नेपाल ९ नम्बर वडा कमिटीमा प्रेमबहादुर गोपालीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । कमिटिको उपाध्यक्षमा जेके लोप्चन, अशोक प्रजा, सचिबमा अमृता सुबेदी र कोषाध्यक्षमा मीराकुमारी मोक्तान लगायत रहेका छन्।
त्यस्तै,अनेमा संघ क्रान्तिकारीमा राधा बलको अध्यक्षतामा ९ सदस्यीय वडा कमिटी गठन गरेको छ । संघको उपाध्यक्षमा शारदा बर्तौला, सचिबमा मीराकुमारी मोक्तान, कोषाध्यक्ष तारा अधिकारी र सह-सचिबमा एस्तर मोक्तान लगायत चयन भएका छन्।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य सीता पुलामी मगर (रेखा) को प्रमुख आतिथ्यतामा रहेको थियो । त्यस्तै, वाइसिएल केन्द्रिय अनुशासन बिभाग सदस्य दीपेन्द्र अधिकारी, वाइसीएल नेपाल मनहरी ईन्चार्ज ईश्वर थापा (काजि), मनहरी ९ नं. पार्टी कमिटी अध्यक्ष सोलाल गोले, वाइसिएल मनहरी सदस्य सत्यदर्शन सुबेदी, लगायतको उपस्थिति रहेको थियो । वाइसीएल नेपाल मनहरीका अध्यक्ष कृष्ण रुम्बा झाक्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।






