थाहा नगरको पालुङमा ८६ जनाको आँखाको शल्यक्रिया

तामसालिङ खबर
२१ फाल्गुन २०७९, आईतवार ०९:५५

फाल्गुन, हेटौंडा (थाहा नगर) – हेटौंडा सामुदायिक आँखा अस्पतालको आयोजनामा तिलगंगा सामुदायिक आँखा अस्पताल पालुङमा निशुल्क आँखा शिविर भएको छ ।

थाहा नगरपालिका र पालुङ जेसीजको स्थानीय व्यवस्थापनमा भएको शिविरमा ९ सय जनाको आँखा परीक्षण गरिएको तिलगंगा सामुदायिक आँखा अस्पताल पालुङकी प्रमुख बिनी महर्जनले जानकारी दिनुभयो ।

शिविरमा थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिकाका आँखाका बिरामीहरुले सेवा लिएका छन् । निशुल्क आँखा परीक्षण शिविर फागुन १२ गतेदेखि १७ गतेसम्म संचालन भएको आयोजकले जनाएको छ ।

आँखा परीक्षणबाट मोतिबिन्दुको लक्षण देखिएका ८४ जना र २ जनाको आँखामा मासु पलाएको बिरामीहरुको बिहीबार र शुक्रबार पालुङमा निशुल्क शल्यक्रिया गरिएकोे महर्जनले बताउनुभयो ।

शिविरमा पालुङ जेसीजका अध्यक्ष संगम कार्की, महासचिव सञ्जय गोपाली, कोषाध्यक्ष माधव कार्कीको उपस्थिति रहेको थियो । शिविरमा तिलगंगा आँखा अस्पताल काठमाडौंका चिकित्सकको टोलीले आँखा परीक्षण र शल्यक्रिया गरेकोे हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*