स्नातक तह प्रथम वर्षको परीक्षा, एक सातापछि

तामसालिङ खबर
८ बैशाख २०८०, शुक्रबार ०९:१३

बैशाख, काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षा एक साता पछाडि सारेको छ ।

वैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचन हुने भएकाले त्यो दिनको परीक्षा वैशाख १६ गतेका लागि सारिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

त्रिविले वैशाख १० गते बिहान ७ बजे व्यवस्थापन संकायको फाइनान्स र दिउँसो १२ बजे मानविकी संकायको अंग्रेजी, नेपाली, हिन्दी, नेपाल भाषा, मैथिली र संस्कृतको परीक्षा तोकेको थियो ।

यी परीक्षा वैशाख १६ गते सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। सारिएका परीक्षा यसअघि तोकिएकै समय र सेन्टरमा सन्चालन हुने कार्यालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*