आगामी आर्थिक बर्षदेखि मनहरीमा पढ्दै कमाउदै कार्यक्रम सन्चालन हुने
बैशाख, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले आगामी आर्थिक वर्ष देखि ‘पढ्दै कमाउँदै’ नीतिनिर्माण गरि कार्यक्रम सन्चालन गरिने बताउनु भएको छ । बालबालिकालाई विद्यालय स्तरबाटै आत्मनिर्भर बनाउन पढ्दै कमाउँदै नीति ल्याउन लागेको उहाँले बताउनु भयो ।
किताबी ज्ञानलाई मात्र रट्टाएर उत्कृष्ट नतिजा ल्याउने होडमा सिपमुलक जनशक्ति उत्पादन हुन नसकेको अवस्था परिबर्तन गरि विद्यालयको समयमा कृषी तथा सीपमुलक तालिमको कक्षा सञ्चालन गरी आयआर्जनमा जोड दिने बातावरण बनाउन लागिएको छ, अध्यक्ष कालाखेतिले भन्नुभयो।
अब आउने आर्थिक बर्षको देखि सुरुवातमा पालिकाको ५ देखि ७ वटा विद्यालय छनोट गरि पढ्दै कमाउँदै कार्यक्रम सन्चालन गर्ने र त्यसको प्रतिफलको आधारमा सबै विद्यालयहरुलाई समेट्दै लैजाने बताउनु भयो।






