हाडिँखोला पुल निर्माण शुरु गर्न ठेकदारलाई ५ दिने अल्टिमेटम
बैशाख, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर ३ को हाँडीखोला कालीदमार जोड्ने पुल निर्माणका लागि गाउँपालिकाले ५ दिने अल्टिमेटम दिएको छ ।
सोमबार पालिका अध्यक्ष रन्जन कालाखेतीले पुल निर्माणको ठेक्का पाएको भैरव नारायण गणेश जेभीका सञ्चालक शिव चौलागाईंलाई निर्माणस्थलमै पुगेर अल्टिमेटम दिएका हुन् ।
बिस २०७७ मंसिर ७ गते ठेक्का सम्झौता भएको उक्त पुल २ वर्षमा सम्पन्न गर्नुपर्ने सहमती भएको थियो । तर सम्पन्न गर्नुपर्ने मिती सकिएर ४ महिना नाघि सक्दा पनि चित्तबुझ्दो काम भएको छैन । ठेकेदारलाई बारम्बार सम्पर्क गरी ५ पटक सम्म पत्र काट्दा समेत ठेकेदार कम्पनीले कुनै चासो नदिएको हो ।
स्थानीयबासीको रोहबरमा अबको ५ दिन भित्र काम सुचारु गरी मंसिर सम्ममा सम्पन्न गर्न अन्तिम अल्टिमेटम दिईएको छ । ५ दिन भित्र काम सुचारु नभए कार्यपालिका बैठक मार्फत ठेक्का रद्द गरी कारबाही प्रकृया अघि बढाइने अध्यक्ष कालाखेतीले बताउनुभयो ।






