मकवानपुरगढीमा बाँस तथा निगालोबाट विभिन्न सामग्री बनाउने तालिम

तामसालिङ खबर
१६ बैशाख २०८०, शनिबार १०:५४

बैशाख, हेटौडा (मकवानपुर गढी) – मकवानपुरको मकवानपुर गढी २, शिखरकटेरीमा बाँस तथा निगालोबाट विभिन्न सामग्री बनाउने तालिम संचालन भएको छ ।

गरिबी निवारणका लागि लधु उद्यम विकास (मेड्पा) कार्यक्रम अन्तरगत तालिम संचालन भएको हो । २० दिने सीप मुलक तालिमको शुक्रबार गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानले शुभारम्भ गर्नुभयो ।

तालिमको उद्घाटन गर्नुहुँदै अध्यक्ष स्याङतानले गाउँपालिकाले सीप विकास मार्फत स्वरोजगार बनाउने लक्ष्य अनुरुप स्थानीय कच्चा पदार्थमा आधारित सीप विकास तालिम संचालन गरिएको र सीपमा आधारित व्यवसाय संचालनको निम्ति पुँजीको व्यवस्था मिलाउनुको साथै बजार व्यवस्थापनमा समेत सहयोग गरिने बताउनुभयो ।

सीप सिकौ, आत्मनिर्भर र उद्यमी बनौ भन्ने मूल नाराका साथ शुरु भएको तालिममा बाँस र निगालोबाट बन्ने मुढा, डोको, नाङ्लो, कुर्सी, टेबल, डस्टविन, र्याक लगायतका सामाग्रीहरु बनाउन सिकाइने बताईएको छ ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष बखान सिं पाख्रिनको सभाध्यक्षता भएको कार्यक्रममा कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, वडा सदस्य रामप्रसाद चौरेल, सुधारजीत गोले, वडासचिव सुमित्रा पाण्डे, प्रशिक्षक रामकुमार राई, उद्यम विकास सहजकर्ता लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*