गाउँपालिकाको पहलमा दुर्घटना ग्रस्त क्षेत्रमा सडक फराकिलो
बैशाख, हेटौडा (मनहरी) – मनहरी गाउँपालिकाको पहलमा पूर्व पश्चिम मार्गको खराङ्गा मोडमा सडक फराकिलो पार्ने काम शुरु भएको छ।
मनहरी वडा नम्बर ९ स्थित खराङ्गा मोड दुर्घटनाग्रस्त क्षेत्रमा सडक फराकिलो पार्ने काम शुरु भएको हो । गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले सडक विभाग संग सहजिकरण गरी सडक फराकिलो पार्ने काम शुरु भएको छ।
उक्त मार्गको सवार यात्रुहरुले मोडमा अकालमै ज्यान गुमाउनु परेको छ । पालिकाको समन्वयले सडक फराकिलो हुनेभए पछि जोखिम न्युनिकरण हुने स्थानीयको भनाई छ। अधिकांश साना ठुला दुर्घटना हुने उक्त क्षेत्रमा महिनामा १० वटा सम्म दुर्घटना भएको तथ्य प्रहरीमा रहेको छ ।
विभिन्न समयमा हामीले सडक विभागलाई खबर गर्दा पनि यसको समाधान हुन सकेको थिएन, पालिकाबाट बिषय उठान भएपछी बिभाग संग समन्वयमा सडक फराकिलो पार्न सफल भएका भएका छौ। वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताउनु भयो।
त्यस्तै, गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले अब लोथर देखि रजैयासम्म रहेको अन्य स्थानमा यस्ता मोडहरुको विषयमा आवश्यक कुरा भइरहेको र त्यसको पनि समाधान गर्ने उहाँले बताउनु भयो ।






