हरिहरपुरगढीको जनप्रभात आधारभुत विद्यालयको नयाँ भवन हस्तान्तरण
बैशाख, सिन्धुली (हरिहरपुर गढी) – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका स्थित चैनपुरमा रहेको जनप्रभात आधारभूत बिद्यालयको नयाँ भवन आज हस्तान्तरण गरिएको छ।
बिस २०७२ सालको भुकम्पबाट क्षति ग्रस्त बनेको बिद्यालय भवन अल ह्यान्ड्स एण्ड हर्ट्स दात्री निकायको आर्थिक सहयोग तथा रिलिफ नेपालको सहकार्यमा निर्माण सम्पन्न गरि भवन बिद्यालय ब्यबस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।
रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाको प्रमुख आतिथ्यतामा भएको थियो।
पालिका अध्यक्ष बज्रध्वज वाईबाले कार्यक्रममा बोल्नु हुँदै ‘अल ह्यान्ड्स एण्ड हर्ट्सको र रिलिफ नेपालको यस महान कार्यको उच्च प्रशंसा गर्दै जिर्ण अबस्थामा रहेको विद्यालयलाई उच्च प्रबिधि प्रयोग गरि नया स्वरूप् प्रदान गरेकोमा धन्यबाद ब्यक्त गर्नुभएको थियो।’ त्यस्तै बिद्यालयलाई थप कार्यमा पालिकाले पूर्ण सहयोग गरिने समेत प्रतिबद्धता ब्यक्त गर्नु भयो।
कार्यक्रममा पालिका प्रमुख प्रशासनिक अधिकृत दाताराम प्याकुरेल, अल ह्यान्ड्स एण्ड हर्ट्स कार्यक्रम निर्देशक लुइसा जबिल्स, वडा न.२ का वडा अध्यक्ष विश्व राई, बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष सन्चमान सिन्तान, बिद्यालयका प्रधानाध्यापक छत्रबहादुर राई, अल ह्यान्ड्स एण्ड हर्ट्स नेपाल निर्देशक गम्भीर सिं बिष्ट लगायतको आतिथ्यता रहेको थियो।
विस २०७२ सालको भुकम्पपछि क्षतिग्रस्त बिद्यालय भवनको नया स्वरुपमा तिन वटा भवनमा ९ वटा कक्षा कोठा हुने गरि निर्माण सम्पन्न गरिएको थियो। कार्यक्रममा स्वयम् सेबक लगायत कामदारलाई कामको प्रशंसा गर्दै ४ जना मिस्त्रीलाई दीक्षित गरि प्रमाण पत्र वितरण गरिएको छ ।
६ महिनाको अवधिमा १ करोड ५० लाखको लागतमा बनेको ३ वटा भवनमा ९ वटा कोठा रहेका छन। सुबिधा सम्पन्न खेलमैदान, एम्फी थिएटर, ल्याण्ड स्केपिंग, शुद्ध खानेपानी जडान प्रणाली, बालउधान निर्माण गरिएको छ।
कार्यक्रममा अल ह्यान्ड्स एण्ड हर्ट्सका स्वयम सेबकहरु र बिद्यार्थीहरुले सास्कृतिक नृत्य प्रस्तुत गरेको थियो। त्यस्तै, स्वयम् सेबकहरुले भवन निर्माणको बेलाको भोगेको अनुभब समेत सुनाएका थिए।
सिन्धुली कलाघरको कलाकारहरुको पन्चे बाजा टोलि सहित सहयोगी सस्थाको पदाधिकारी, निर्माणमा खटिएका स्वयमसेबक, कामदार ,बिद्यालयका शिक्षक, कर्मचारी ,जनप्रतिनिधि ,बुद्धिजिबी सहित स्थानीयको टोलिले गाउँ परिक्रमा गरिएको थियो।






