स्पन्दन सुब्बाले पाए, द भ्वाइस किड्स सिजन २ को उपाधि

जेठ, काठमाडौ – द भ्वाइस किड्स नेपाल सिजन २ को उपाधि स्पन्दन सुब्बाले हात पारेका छन् । प्रतियोगितामा सहभागी सयौँ प्रतिस्पर्धीहरुलाई पछि पादै सुब्बाले सो उपाधि जित्न सफल भएका हुन् ।
सुब्बाले ट्रफी सहित नगद १५ लाख रुपैयाँ र अन्य थुप्रै पुरस्कार पनि जितेका छन् । फाइनलमा सुब्बा सँगै अन्य सात जना प्रतियोगी पनि पुगेका थिए । उनी टीम प्रमोद खरेलमा आबद्ध थिए ।