कुष्माण्ड सरोवर त्रिवेणीधाममा बुद्ध पार्क निर्माण हुने

तामसालिङ खबर
१३ जेष्ठ २०८०, शनिबार १८:५४

जेठ, हेटौडा – हेटौँडाको कुष्माण्ड सरोवर त्रिवेणीधाममा बुद्ध पार्क निर्माण हुने भएको छ । बुद्धको मूर्ति स्थापना गरी ध्यान हल बनाउने र बुद्ध पार्क निर्माण गर्न लागिएको कुष्माण्ड सरोवर त्रिवेणीधाम विकास समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

अहिले जग्गाको व्यवस्थापन गर्ने काम भइरहेको छ । कुष्माण्ड सरोवर त्रिवेणी धामको शिशमहलभन्दा उत्तरतर्फ रहेको जग्गामा माटो भरेर सम्याउने काम भइरहेको छ । करिब एक बिगाहा क्षेत्रफल रहेको सो क्षेत्रमा बुद्धको मूर्ति सहित पार्क निर्माण गर्ने योजना समितिले बनाएको हो । यसैगरी सोही भागमा बाल उद्यान समेत निर्माण गर्ने समितिको योजना रहेको समितिका उपाध्यक्ष मणिप्रसाद सुबेदीले जानकारी दिनुभयो ।

बालबालिकाहरूको मनोरन्जनका लागि पार्क निर्माण गर्नुका साथै विभिन्न खेलकुद तथा मनोरन्जनका साधन समेत राखिने उहाँले बताउनुभयो । कुष्माण्ड सरोवर क्षेत्रमा सबै जाति, धर्म, भाषा, वर्ग र लिङ्गका व्यक्तिहरूले अपनत्वको महसुस गर्न पाउन भन्ने उद्देश्यले विभिन्न संरचना निर्माणको काम भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*