कैलाश गाउँपालिकाद्वारा ६ जना चेलीलाई नगद सहित सम्मान
जेठ, हेटौडा (कैलाश) – मकवानपुरकाे कैलाश गाउँपालिकाले स्थानीय ६ जना चेलीलाई सम्मान गरेकाे छ। पालिकाले एक कार्यक्रमको आयोजना गर्दै बुधबार ६ जना चेलीलाई नगद २० हजार रुपैंया सहित सम्मानपत्रले सम्मान गरिएकाे थियाे ।
कैलाश वडा नम्बर ६ की संगीता ढुंगाना, प्रतिभा अर्याल र लक्ष्मी श्रेष्ठ, कैलाश वडा नम्बर १० का सरुया प्रजा र उर्मिला थिङ तथा कैलाश वडा नम्बर २ की लक्ष्मी मुक्तानलाई सम्मान गरेका हुन् । सम्मानित हुनेहरु १० जोड २ पास गरी विवाह गर्ने चेलीहरु रहेका छन् ।
पालिका अध्यक्ष लोकबहादुर मुक्तानले विवाह अघि कम्तिमा पनि १० जाेड २ पास गर्नुपर्छ र २० बर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्राेत्साहन कार्यक्रम राखिएकाे बताउनु भयो। देशभरका स्थानीय तहहरुमध्ये याे कार्यक्रम पृथक कार्यक्रम रहेको उहाको भनाई छ ।
गउँघरमा छाेरीलाई वालविवाह गर्ने, पढाइबाट बञ्चित गर्ने चलन अझै रहेकाे बताउँदै उनले यस्ता कार्यक्रमले सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पालिका उपाध्यक्ष बालकुमार मल्ल, वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र घिसिङ, प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट, शिक्षा विकास शाखाका प्रमुख सुरेन्द्र थिङ लगायतको आतिथ्यता रहेको थियो ।






