अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन सकियो, अध्यक्षमा चम्पाडोल्मा

अब परिषदमा कार्यकारी महासचिब हुने
तामसालिङ खबर
२२ जेष्ठ २०८०, सोमबार ०९:२०

जेठ, थाईल्याण्ड – विश्वभरका तामाङहरूको साझा संस्था अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौँ सम्मेलन थाइल्याण्डमा सम्पन्न भएको छ।
सम्मलेनले अध्यक्षमा थाइल्याण्डका चम्पाडोल्मा बोम्जन लामा चयन हुनुभएको छ । थाइल्याण्डको हुहाइन सहरमा शनिवार र आइतबार भएको सम्मेलनले ७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

यस्तै, महासचिवमा नेपालको टाशी लामा निर्वाचित हुनुभएको छ । उप-महासचिव लक्यान लामा (अमेरिका), सचिवहरूमा क्रमश:आरपि तामाङ (भारत), शुभराज तामाङ (दक्षिण कोरिया) र दुधमाया तामाङ (रोमानिया) निर्वाचित हुनुभएको छ । यस्तै कोषाध्यक्षमा हवलचन्द्र लामा (जापान) चयन हुनुभएको छ ।

सम्मेलनमा विश्वभरिका १७ मुलुकका १९ सदस्य संस्थाहरूको तर्फबाट प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
परिषद्को विधानमा सम्मेलन आयोजना गर्ने राष्ट्रले अध्यक्षता ग्रहण गर्ने उल्लेख गरिएको छ ।

अब कार्यकारी महासचिब हुने
आइतबार थाइल्यान्डको हुहाईन सहरमा भएको सम्मेलनले संशोधित विधानलाई पारित गर्दै अब महासचिव कार्यकारी रहने ब्यवस्था गरिएको छ । सम्मेलन मार्फत पूर्ण कार्यकारी अधिकार सहितको महासचिवको व्यवस्था गरिएको हो ।

अध्यक्ष भने आयोजक संस्थाको अध्यक्षनै पदेन हैसियतमा रहने छ । साथै सम्मेलनले १७ जनाको कार्यसमितिको संख्या घटाएर ७ मा झारेको छ । यस अघिको महाधिवेशनले पदाधिकारी सहित १७ जनाको कार्यसमिति बनाएको थियो भने थाइल्याण्डमा सम्पन्न पाँचौं सम्मेलनले पदाधिकारी सहित ७ सदस्यको परिषद् बनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*