बौद्धधर्म सम्बन्धिको तिन पुस्तकहरू विमोचन

तामसालिङ खबर
२३ जेष्ठ २०८०, मंगलवार ०९:४०

जेठ, काठमाडौ – ञ्युङने साधना, लाभ तथा अनुभूति वर्णन, पारमितायानको मार्ग साधना र समग्र धर्मपाल संक्षिप्त बलिविधि नामक तिन बौद्ध धार्मिक पुस्तकहरूका एक समारोहबिच लोकार्पण गरिएको छ । पूर्व युवा तथा खेलकुद मन्त्री दावा तामाङ प्रमुख अतिथि रहनुभएको समारोहको अध्यक्षता बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्रकी अध्यक्ष साथै अनुवादक जेचुन खाण्डो रिन्पोछेले गर्नुभएको थियो ।

जोङ्सर बौद्ध महाविद्यालयको महाउपाध्याय (खेन्छेन्) कुन्गा वङ्छ्युक रिन्पोछेले भोटभाषा (सम्भोटा) मा लेख्नुभएको ञ्युङ्ने साधना, लाभ तथा अनुभूति वर्णन र पारमितायानको मार्ग साधना त्यसैगरी विद्याधर ग्युर्मेदोर्जेले लेख्नुभएको समग्र धर्मपाल संक्षिप्त बलिविधि स्तुतिगान नामक पुस्तक नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरिएको छ । यसै केन्द्र अन्तर्गतको अनुवाद समितिले गरेको साथै अनुवादकहरू जेचुन सङ्गे खण्डो रिन्पोछे साथै खेन्पो पाल्साङ नोर्बु बोम्जन लामा रहनुभएको छ ।

ञ्युङ्नेले बौद्ध साधनाविधि प्रष्टयाउनुका साथै दुर्लभ मानव जीवनलाई कुशल कर्म सञ्चयमा खर्चिँदै बोधि चित्तोत्पादको मार्ग प्रशस्त गर्न सघाउ पुर्‍याउनेछ । बोधिचित्त अभ्यासको प्रसङ्गसँगै स्व र पर को भावनाबारे सरल भाषामा व्याख्या रहेको समग्र धर्मपाल सङ्क्षिप्त बलिविधिमा बुद्धरत्न, धर्मरत्न र सङ्घरत्नको सङ्क्षिप्त चिनारी समेटिएको छ । समग्र धर्मपाल सङ्क्षिप्त बलिविधिमा बाहिरी भित्री र गुह्य लगायतका विपत्ति, विघ्न, बाधाहरूका समनविधि बारे सरल व्याख्या रहेको छ ।

प्रकाशित पुस्तकहरूमाथि सकारात्मक सोचको अभियन्ता तथा बौध्ददर्शनका अध्येता बुद्धि तामाङ साथै राजनीतिक विश्लेषक एवं पूर्वीय दर्शनका अध्येता बुद्धछिरिङ मोक्तानले टिप्पणी गरेका छन् ।

पुस्तक लोकार्पण गर्नुहुँदै प्रमुख अतिथि दावा तामाङले तामाङहरू अब यसरी धार्मिक पाटोमा पनि अनुवाद लगायतका पुस्तकसहित सशक्त रूपमा आउन थाल्नु भनेको शुभ सङ्केत भएको बताउनुभएको छ ।

प्रकाशित पुस्तकहरूमाथि सकारात्मक सोचको अभियन्ता तथा बौद्ध दर्शनका अध्येता बुद्धि तामाङ साथै राजनीतिक विश्लेषक एवं पूर्वीय दर्शनका अध्येता बुद्धछिरिङ मोक्तानले टिप्पणी गरेका छन् । पुस्तकका लेखकहरू साथै समेटिएका विषयवस्तुमाथि अनुवादक खेन्पो पाल्साङ नोर्बु बोम्जन लामाले स्पष्ट पार्नुभएको छ ।

कार्यक्रममा एआइजी टेकबहादुर तामाङ लगायत प्रकाशित पुस्तकहरूलाई छपाउन आर्थिक सहयोग गर्नुभएका दान दाताहरूलाई सम्मान समेत गरिएको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*