मापदण्ड पुगेका पत्रकारलाई सदस्यता दिन फोनिजको आग्रह

तामसालिङ खबर
२५ जेष्ठ २०८०, बिहीबार ०६:३९

जेठ, हेटौडा – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुर शाखाले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरणको क्रममा मापदण्ड पुगेका कुनैपनि पत्रकारलाई सदस्य हुनबाट बञ्चित नगराउन आग्रह गरेको छ।

फोनिज मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघको सदस्यता मापदण्ड पुगेका पत्रकारलाई विनासर्त सदस्यता दिन र मापदण्ड नपुगेका कुनैपनि पत्रकारलाई सदस्यता नदिन आग्रह गरेका छन्।

‘नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले देशैभर सदस्यता शुद्धीकरण अभियान संचालन गरिरहेको छ, सदस्यता शुद्धीकरण अभियानप्रति फोनिज मकवानपुर विशेष धन्यवाद व्यक्त गर्दछ,’ विज्ञप्तीमा उल्लेख छ, ‘तर गर्वीलो ईतिहास बोकेको नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरणको क्रममा मापदण्ड पुगेका आदिवासी जनजाति लगायत कुनैपनि पत्रकारलाई नेपाल पत्रकार महासंघको सदस्य हुनबाट बञ्चित नगराउन तथा मापदण्ड विपरित कुनैपनि पत्रकारलाई सदस्यता प्रदान नगर्न नेपाल पत्रकार महासंघको जिल्ला शाखा मकवानपुर, बागमती प्रदेश समिति र संघीय (केन्द्रीय) समितिलाई फोनिज मकवानपुर हार्दिक आग्रह गर्दछौ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*