मनहरीका समस्या लिएर प्रधानमन्त्री प्रचण्ड संग भेटघाट
जेठ, हेटौंडा – मनहरीमा स्थानीय जनताले वषौदेखि राष्ट्रिय निकुन्ज र मध्यबर्ति क्षेत्रमा रहेका वासिन्दाहरुको समस्यालाइ लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संग मंगलबार भेटघाट गरिएको छ।
मकवानपुर क्षेत्र नम्बर २ का सांसद महेशकुमार बर्तौलाको नेतृत्वमा मकवानपुर क्षेत्र नम्बर–१ का सांसद दिपक बहादुर सिंह सहित स्थानीय वासिन्दाहरु र नेताहरु समेतले प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका हुन् ।
राष्ट्रिय निकुन्ज र मध्यबर्ति क्षेत्रमा परेका समस्यालाई समाधान गर्नेगरी कानुन संशोधन समेत गरेर काम गर्नुपर्ने सुझाब राखेका थिए । भेटका क्रममा प्रधानमन्त्रीले यो समस्यालाई समाधान गर्ने तर्फ आफुले मन्त्रीपरिषद बैठकमा कुरा राख्ने बताउनुभयो ।
टोलिले वन तथा वातावरण मन्त्री बिरेन्द्र महतो, भुमि सुधार मन्त्रि रन्जिता श्रेष्ठसंग समेत भेट गरिएको थियो । प्रधानमन्त्री र मन्त्रीहरुलाई भेट्नका लागि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मनहरी गाउँपालिकाका पूर्व अध्यक्ष एकाराज उप्रेति, पूर्व प्रदेश सांसद सन्तबहादुर चेपाङ, संबिधान सभा सदस्य राजाराम स्याङतान, लगायतकाको सहभागिता रहेको थियो ।






