पालिका स्तरिय वक्तृत्वकलामा वाराही माविकी सुजिता घलान प्रथम

असार, हेटौडा (भीमफेदी) – अनेरास्ववियु भीमफेदीको आयोजनामा पालिका स्तरिय ‘अनुशासन र विद्यार्थी’ विषयक वक्तृत्वकला प्रतियोगितामा
बाराही माध्यमिक बिद्यालयकी सुजिता घलान प्रथम भएकी छिन।
अनेरास्ववियु भीमफेदी गाउँपालिकाको अध्यक्ष ईशा पाख्रिनको सभाध्यक्षता र अनेरास्वबियु मकवानपुरको संयोजक अमृत बर्तौलाको प्रमुख आतिथ्यमा वक्तृत्वकला प्रतियोगिता भएको हो ।
त्यस्तै, महेन्द्र माध्यमिक विद्यालयकी स्मारिका थापामगर द्वितीय, कृष्ण माध्यमिक विद्यालयकी सजिना पुलामी मगर तृतीय भएकी छिन् भने महालक्ष्मी माध्यमिक विद्यालयकि छात्रा ईशा वुढा मगर सान्त्वना भएकी छन् ।
प्रतियोगितामा प्रमुख निर्णायकमा वाराही माविको शिक्षक रुपाराना मगर, कृष्ण मावि भैंसेका शिक्षिका अमृता भट्ट र महेन्द्र माविका शिक्षक निर्णायक रहेका थिए ।
कार्यक्रममा बोल्दै अनेरास्ववियु मकवानपुरका संयोजक बर्तौलाले धेरै प्रभावकारी कार्यक्रम आयोजना भएको र आगामी दिनमा यस्ता कार्यक्रमका लागि आवश्यक सम्पुर्ण सहयोग गर्ने प्रतिवद्धता गरेका थिए । गाउँपालिका भित्र रहेको ८ वटा माध्यमिक विद्यालयहरु मध्ये ६ वटा विद्यालयवाट प्रतियोगीहरु सहभागी भएका थिए ।
कार्यक्रममा अनेरास्ववियु जिल्ला सदस्य भूपेन्द्र रानामगर, राजिब परियार लगायतको आतिथ्यता रहेको थियो ।