मनहरीमा जनजाती युवाहरुको नेतृत्व विकास तालिम सम्पन्न

असार, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरीमा आदिवासी जनजाति युवाहरुका लागि आयोजित नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न भएको छ ।
मनहरी गाउँपालिकाको सहयोगमा ग्रेटर ताम्सालिङ मिडियाले आयोजना गरेको तालिम शुक्रबारबाट शुरुभएको तालिम आइतबार एक कार्यक्रमका बीच समापन गरिएको हो।
समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जनजाति युवाहरुले सिकेको बिषयलाई ब्यवहारमा उतार्न आग्रह गर्नुभयो। समुदायको भाषा, सस्कार सस्कृति संरक्षणको लागि पालिका हरदम तयार रहेको उहाले बताउनु भयो।
त्यस्तै, पालिका उपाध्यक्ष सीता पुलामी मगरले विगतदेखि नै विभिन्न बाहनामा जनजाति समुदायलाई पछि पार्ने काम हुदैँ आएपनि अब त्यस्तो अवस्था नरहेको बताउनुभयो। देशमा संघीय गणतन्त्रको प्राप्तिसँगै सबै जाति समुदायको हकअधिकार र पहुँच निर्माण भएको बताउँदै उहाँले नेतृत्व विकास अत्यावश्यक रहेको बताउनुभयो।
ग्रेटर ताम्सालिङ मिडियाको अध्यक्ष दिलबहादुर लामाको अध्यक्षमा सम्पन्न समापन कार्यक्रममा मनहरी २ का वडा अध्यक्ष राजकुमार पाख्रिन, ५ नम्बर वडाका अध्यक्ष दिपेन्द्र अधिकारी, ९ नम्बर वडाका वडाअध्यक्ष राजकुमार श्रेष्ठ, गाउँपालिकाका सामाजिक बिकास शाखा प्रमुख ज्ञानेन्द्र ढकाल, जनजाती समन्वय समिति मनहरी गाउँपालिकाको कार्यकारी उपाध्यक्ष बुद्धरत्न लामा लगायतको आतिथ्यता रहेको थियो ।
तालिममा पत्रकार शिवकुमार काशी, ज्ञानेन्द्र तामाङ, आदर्श थोकर, अधिवक्ता अजयकुमार तामाङ लगायतले सहजीकरण गर्नुभएको थियो। ३ दिन सम्म अयोजित तालिममा पालिकाभरका ५० जना जनजाति युवाहरुको सक्रिय सहभागिता रहेको थियो।