मुस्ताङ्गी राजाका छोराको बिहेमा बिदा

तामसालिङ खबर
१७ असार २०८०, आईतवार २१:१६

असार, मुस्ताङ – मुस्ताङको लोमन्थाङ गाउँपालिकाले असार १८ गते सोमबार सार्वजनिक बिदा दिएको छ।

मुस्ताङ्गी राजाको छोराको बिहेमा गाउँपालिका कार्यालय, शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको अध्यक्ष टसि न्हर्वु गुरूङले निकालेको विज्ञप्तिमा उल्लेख छ।

‘मुस्ताङ्गी ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक राजा झिग्मी सिङ्घी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रम साथ मनाउन लागिएकोले सोमबार सार्वजनिक बिदा दिइएको छ,’ अध्यक्ष गुरूङले निकालेको विज्ञप्तिमा उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*