घट्यो पेट्रोलियम पदार्थको मूल्य

तामसालिङ खबर
१८ असार २०८०, सोमबार २१:०८

असार, काठमाडौ – नेपाल आयल निगम लिमिटेडले आज सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य घटाएको छ ।

इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट असार १६, २०८० मा प्राप्त नयाँ खरिद मूल्यसूचीका सन्दर्भमा निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल तथा डिजेल / मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रति लिटर रु. ७.५०, रु.६ र रु. ५ ले घटाइएको छ ।

साथै साबिकको आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर रु. १४ तथा अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलो लिटर अमेरिकी डलर ११५ (प्रति लिटर करिब रु. १५००) ले घटाइएको छ । एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*