डम्फूको गलत प्रयोग गरिएको भन्दै दर्जनौ तामाङ संघसंस्थाको ध्यानाकर्षण (विज्ञप्ती सहित)

असार, काठमाडौं – तामाङ समुदायको सांस्कृतिक बाजा डम्फूको गलत प्रयोग गरिएको भन्दै विभिन्न तामाङ संघ संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौंमा बसेको झण्डै ढेड दर्जन तामाङ संघ संस्थाले सामाजिक सञ्जाल मार्फत भिडियो नहटाए र पुनः गल्ती दोहोर्याएको खण्डमा सशक्त प्रतिरोध गर्न बाध्य हुने पनि जारी गरिएको सयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
केही दिन पहिला क्रिस्चियन धर्म प्रचारक मदन मोक्तानले सो धर्मको प्रतीक चिन्ह क्रस प्रयोग गर्नुका साथै डम्फूको उत्पतिका कथा समेतलाई गलत सन्देश जानेगरी निर्माण गरिएको श्रव्यदृष्य भजन सामाग्री युट्युब च्यानल र सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको थियो ।
सोमबार काठमाडौंमा बसेको विभिन्न तामाङ संघ संस्थाका व्यक्तिहरूले गलत प्रचार गरिएको भन्दै सार्वजनिक गरिएको सामाग्री हटाउनुका साथै गल्ती नदोहोर्याउने गरी माफी माग्नु पर्ने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैठक पछि सार्वजनिक गरिएको सयुक्त विज्ञप्तिमा ‘कुनै पनि व्यक्तिले धर्म रोज्न पाउने नैसर्गिक मानवअधिकार र सबै जाति, समुदायको धर्म, सस्कृतिप्रति हाम्रो उच्च सम्मान छ । तर कसैको धर्म, संस्कृतिमाथि भएको यस्ता हस्तक्षेप, प्रहार र असहिष्णुता व्यवहारको पनि हामी उत्तिकै निन्दा र भर्त्सना गर्दछौँ ।’ भनिएको छ ।
‘क्रिस्चियन धर्म प्रचारक मन मोक्तान लगायतको समूहद्वारा गरिएको तथ्यहीन, भ्रमपूर्ण प्रचारबाजीले हाम्रो नेपाली समाजको धार्मिक, सांस्कृतिक विविधता र सहिष्णुतामा खलल पुग्न गएको हुँदा तत्काल उक्त सामाग्री सामाजिक सञ्जाल, युट्युबबाट हटाउनुका साथै आगामी दिनमा यस खालको गल्ती नदोहोर्याउने गरी यसबाट आँच पुग्न गएको तामाङ समुदाय समक्ष माफी माग्न र आत्मआलोचित हुन आग्रह गर्दछौँ । अन्यथा यसका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुने समेत अग्रिम सुसूचित गर्न चाहन्छौँ ।’ विज्ञप्तिमा भनिएको छ ।