मनहरी गाउँपालिकाको ९० करोड २१ लाख बजेट (भिडियो सहित)
असार, हेटौडा (मनहरी) – मनहरी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/८१ को लागि ९० करोड २१ लाख भन्दा बढी बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको लामिटार स्थित सभाहलमा आयोजित गाउँसभाको १३ औं अधिवेशनको दोस्रो बैठकमा उपाध्यक्ष सीता पुलामी मगरले ९० करोड २१ लाख ७१ हजार ८ सय ७३ रुपैँयाको बजेट प्रस्तुत गर्नुभएको हो ।
पालिकाले स्वास्थ्य तर्फ ५ करोड ९५ लाख विनियोजित गरेको छ भने संघीय सशर्त सहित शिक्षा क्षेत्र तर्फ २० करोड ८६ लाख, कृषि तर्फ १ करोड ५९ लाख ९८ हजार, पशु तर्फ १ करोड ३१ लाख, उद्योग तथा सहकारी र टोल विकास क्षेत्र विकासको लागि ५९ लाख ६० हजार, महिलाको लागि २५ लाख ५० हजार, प्रदेश सरकारको शसर्त अनुदान सहित बालबालिका तर्फ २७ लाख २० हजार, रोजगार तर्फ ६९ लाख ४० हजार बिनियोजन गरेको छ ।
त्यस्तै, बन वातावरण तथा बिपत ब्यबस्थापन तर्फ १ करोड १० लाख, न्यायिक क्षेत्र तर्फ २२ लाख ६२ हजार, जेष्ठ नागरिकको सुबिधा स-शक्तिकरण गर्नको लागि ७ लाख २० हजार, दलित उत्थान कार्यक्रमको लागि ८ लाख, आदिबासी जनजाती तथा अल्पसंख्यक समुदाय तर्फ २१ लाख ५० हजार, सूचना तथा सन्चार तर्फ ३८ लाख विनियोजित गरेको छ ।
गाउँपालिकाले सुशासन, संस्थागत विकास तर्फ १४ करोड २९ लाख, १२ हजार ८ सय ७३ रुपैया,आर्थिक विकास तर्फ ४ करोड ३० लाख, सामाजिक विकास तर्फ ३० करोड २३ लाख ५९ हजार, पूर्वाधार विकास तर्फ ३२ करोड ६४ लाख, वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ १ करोड २५ लाख, वडा गत बजेट तर्फ ७ करोड ५० लाख विनियोजित गरिएको छ।
संघीय सरकारबाट जम्मा ३४ कराेड २३ लाख प्राप्त हुने अनुमान गरिएकाे छ भने प्रदेश सरकारबाट ६ कराेड ३१ लाख ६ हजार रुपैयाँको लक्ष्य राखिएकाे छ । बाँकी १५ करोड ४७ लाख ५८ हजार ८ सय ७३ रुपैया संघिय सरकार राजस्व वाडफाड, प्रदेश सरकार सवारी कर, सडक बोर्ड, वन रोयल्टी तथा जिसस लगायतको निकायबाट प्राप्त हुने लक्ष्य राखिएकाे छ ।
पालिकाले गत वर्षको तुलनामा यस वर्ष करिब ८६ लाख ५५ हजार रूपैयाँ कम बजेट ल्याएको छ । पालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा ९१ करोड ८ लाख २६ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
बजेटमा गाउँपालिकाको शिक्षा, पुर्वाधार विकास र सामाजिक विकासलाई प्रथामिकता दिइएको छ । गाउँपालिकाको निति तथा कार्यक्रम भने गत असार १० गते आयोजित १३ औ गाउसभाको पहिलो बैठकबाट पारित भइसकेको छ ।

भिडियो हेर्नुहोस् –






