तामाङ स्रष्टाहरु तामाङ र लोप्चन ‘प्रादेशिक प्रतिभा पुरस्कार’ पुरस्कृत हुने

असार, हेटौडा – तामाङ स्रष्टाहरु रविन्द्र तामाङ र डा. लोकबहादुर लोप्चनलाई ‘प्रादेशिक प्रतिभा पुरस्कार-२०७९’ प्रदान गर्ने भएको छ।
भाषा, साहित्य तथा संस्कृतिका क्षेत्रमा खोज, अनुसन्धान र लेखनमा सक्रिय दुवैलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रवक्ता राजेन्द्र कुमार केसीले जनाएको छ।
दोलखाका रविन्द्र तामाङलाई संस्कृति विधातर्फ र काभ्रेका डा लोकबहादुर लोप्चनलाई भाषा एवं साहित्य विधामा बागमती प्रदेशको प्रादेशिक पुरस्कार प्रदान गरिने निर्णय गरिएको हो ।
संस्कृति विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार भने चितवनका डी.आर. पोखरेल र भाषा एवं साहित्य विधामा काठमाडौंका नरेन्द्रराज पौडेललाई प्रदान गरिने भएको छ।